प्रदिप र प्रियंकाको लिलिबिली नयाँ बर्षमा


सेलिब्रेटी नेपाल काठमाडौँ

यस बर्षको प्रतिक्षित चलचित्र लिलीबिलि नयाँ बर्षको अवसर पारेर चैत्र ३० गते बाट प्रदर्शनमा आउने पक्का भएको छ हाल बेलायतको विभिन्न शहरमा छायांकन भईरहेको चलचित्रको कार्य सम्पन्न हुन समय लाग्ने हो कि भनेर प्रदर्शन मिति सार्बजनिक गरिएको थियन अब भने चलचित्र नयाँ बर्षमा नै आउने पक्का भएको निर्माता तथा वितरक गोबिन्द शाहीले जानकारी दिए ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भईरहेको चलचित्र लाइ मिलन चाम्सले निर्देशन गरेका छन् भने चलचित्रमा प्रदिप खड्का, प्रियंका कार्की, अनुपविक्रम शाहीसँगै नव नायिका जसीता गुरुङको मूख्य भुमिका रहेको छ । अहिले सम्म चलचित्रको छायांकन ५५ प्रतिशत सकिएको निर्माण पक्षले जानकारी गराएको छ । चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्स लगानी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.