हुर्रे केकिको ठेकीमा दही कति छ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

डार्क कमेडी चलचित्र ‘हुर्रे’को टाइटल गीत सार्वजनिक गरिएको छ । ‘ठेकीमा दही…’ बोलको गीतमा केकी अधिकारी, अंकीत खड्का र राजाराम पौडेलले कम्मर मर्काएका छन् ।संगीतकार राजनराज सिवाकोटीको स्वर/संगीत रहेको गीतमा मिलन आमात्यले पनि स्वरमा साथ दिएकि छिन । गीतमा राजेन्द्र थापाको शब्द, विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

फागुन २५ गते रिलिज हुने चलचित्रलाई स्क्रिप्ट राइटर यम थापाले निर्देशन गरेका हुन् । केकी अधिकारी, अंकीत खड्का,राजाराम पौडेल,अनुपविक्रम शाही, प्रकाश घिमिरे, विजय बराल, संगीता नापीत, उपदेश तिमल्सेना लगायतका कलाकारको मुख्यअभिनय रहेको छ ।
द याक्का इन्टरटेनमन्टको प्रस्तुतीमा बनेको चलचित्रका प्रस्तुतकर्ता दावा शेर्पा हुन् । निर्माता सोनम लामा व्लोन र छिरिङ दोर्जे लामाले चलचित्रमा लगानी गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.