इकु बनेर चर्चामा आएका सुलेमानको फिर्के ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को ट्रेलर सार्बजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो। कमेडी जनरामा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ। गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ। पौष २१ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय छ। ट्रेलर हेर्नुहोस् – पैसा देखेर दङ्ग ऋचा, पुष महिनामा नै बिहेको तयारी!

यो चलचित्रलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन्। छ वटा नेवारी (नेपाल भाषा) का चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन्। यसअघि ‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन्। यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन्। चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ।

अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ। चलचित्रलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.