चुनाबको दोश्रो दिन रजनी र खुस्बुको दिपज्योति


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘दिपज्योति’ मंसिर २२ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ दोश्रो चरणको चुनाब पछिको पहिलो दिन नै यो चलचित्र रिलिजमा आउने भएको हो । निर्बाचनको समयमा उक्त मितिमा कुनै चलचित्र नआउने भए पछि दिपज्योतिले उक्त मितिमा आउने जमर्को गरेको हो। चलचित्र रिलिज हुनु भन्दा १० दिन अघि मात्र फष्ट लुक सार्वजनिक गर्दै रिलिज तय गरिएको हो।

कृष्ण खनालको प्रस्तुती एव निरञ्जन ठाकुर र अन्जना राइ ठाकुर निर्माता रहेको चलचित्रमा नारायण मैनालीको निर्देशन रहेको छ। रामकृष्ण अधिकारी कार्यकारी निर्माता हुन्। चलचित्रमा नीर शाह, रजनि केसी, खुश्वु खड्का, प्रमोद द्विप, लय संग्रौला, रश्मी भट्ट, पुष्कर रेग्मी, शेखर केसी, शेर बहादुर गुरुङ र रेशम फिरिरी काे मुख्य भुमिका छ। यो चलचित्र रामशरण उप्रेतीले खिचेका हुन् भने विकास चौधरीकाे संगीत र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.