शिल्पा र अनुप भन्दै छन् तिमी पुलिस म नि पुलिस


सेलिब्रेटी नेपाल काठमाडौँ

राज बहादुर साने निर्देशित चलचित्र ‘बिराङ्गना’मा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेलले पहिलो पटक संगै स्क्रिन सेयर गरेका छन्। यी दुई को चलचित्र ‘बिराङ्गना’को हालै एक गीत छायांकन गरिएको छ। गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढि शसस्त्र प्रहरी र १०० भन्दा बढि डान्सर कोरसको प्रयोग गर्दै ‘तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटि’ बोलको गीत छायांकन गरेका छन्। गीतको छायांकन सँगै चलचित्रको पूर्ण छायांकन पनि सकिएको छ। यस अघि निर्देशक राज बहादुर सानेले फिल्म ‘बृन्दावन’ निर्देशन गरेका थिए।

गीतको भिडियोमा नायक अनुप र नायिका शिल्पा दुबै प्रहरी भएको र प्रहरीकै पोशाकमा नाचेको देख्न सकिन्छ । दिपक शर्माको संगीत रहेको यो गीतको छायांकन शसस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो। चलचित्रको सम्पादन कार्य पनि धमाधम भईरहेको निर्देशक राज शहादुर सानेले बताएका छन्।
चलचित्रमा अनुप र शिल्पा संगै धिरेन शाक्य, पृथ्वीराज प्रसाई, प्रज्वल गिरि, प्रीया रिजाल, कृष्ण सिवाकोटी, देब तामङ, अमृत सापकोटा, अंशु थापालगायतको भुमिका रहेको छ। बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियार चलचित्रका निर्माता हुन्। सह निर्मातामा देब तामाङ र सुमि चाम्लिङ राई रहेका छन्।
श्री श्रेष्ठको द्वन्द निर्देशन छ भने चलचित्रलाई सञ्जय लामाले खिचेका हुन्। चलचित्रको रिलिज डेट फाईनल नभएपनि आउँदो फाल्गुनमा प्रदर्शन गरिने तयारी भएको वितरक सुनिल मानन्धर बताउ छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.