पल र करिश्माको भिडियोमा यस्तो रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक सञ्जीव खरेल आफ्नो सांगीतिक जीवनकै पहिलो म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन्। अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने गायक खरेलले आफ्नै शब्द, संगीत तथा स्वरमा तयार पारिएको ‘मेरो माया…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छ्न। गोपाल रसाइलीद्वारा संगीत संगीत संयोजन तथा मिक्सिङ गरिएको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेता पल शाह तथा मोडल करिश्मा ढकालको जोडीले अभिनय गरेको छ।

भिडियोमा पल र करिश्माको जोडी आकर्षक देखिएको छ। वियोगान्त रुपमा टुंगिएको एउटा प्रेम कथालाई चित्रण गरिएको उक्त म्युजिक भिडियोको निर्देशन लक्ष्मण पौड्यालले गरेका हुन्। नेपाल आइडलको निर्देशन गरेर चर्चामा आएका निर्देशक पौड्यालले यो भिडियोमार्फत आफ्नो निर्देशकिय क्षमता प्रमाणित गरेका छन्।

गीतका शब्दले व्यक्त गरेका भावनालाई भिडियोका दृष्यहरुमार्फत व्यक्त गर्न निर्देशक पौड्याल सफल देखिएका छन्। भिडियोमा प्रस्तुत गरिएका आकर्षक लोकेशनलाई क्यामरामा कैद गर्ने काम छायांकार अर्जुन तिवारी तथा उनको समुहले गरेको हो। निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.