स्वरुपराजको हाँस्दा हाँस्दैमा एसराज र अन्जुको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक स्वरुप राज आचार्यको स्वरमा रहेको हाँस्दा हाँस्दै बोलको नयाँ गीत सार्बजनिक गरिएको छ। सुरेश केसी को शब्द तथा संगीतमा रहेको गीत रोमान्टिक शैलीको बनेको छ । हाँस्दा हाँस्दै खेल्दा खेल्दै मायालुको नजिक भएको कुरा गीतमा व्यक्त गरिएको छ । सुरेश केसी सुगम संगीतमा अघि बढ्दै गरेको नाम हो । उनको शब्द संगीतमा अलिक समय पहिले सार्बजनिक भएको मेलिना राइको आवाजमा रहेको मेरो रंगमा ले राम्रो प्रतिक्रिया पाउन सफल भएको थियो । यस राज र अन्जुको अभिनय रहेको भिडियो लाई अहिलेका ब्यस्त निर्देशक तथा छायाँकार रबिन्द्र बरालले छायांकन र निर्देशन गरेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो लाई मिलन थापाले कोरियोग्राफी गरेका छन् । भिजन नेपाल फिल्म्सले निर्माण गरेको भिडियो भिजन नेपालकै अफ़िसिएल यु ट्युब मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.