मिस्टर झोलेको गीतमा अभिनय गर्नुस ३ लाख ८५ हजार जित्नुस


सेलिब्रेटी नेपाल काठमाडौँ

पुष २८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर झोले’ले आफ्नो प्रचार प्रसार थालेको छ। प्रचारको लागि कभर भिडियो कम्पिटिसन अगाडी सारेको छ। केहि समय अगाडी रिलिज ‘ओखती…’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरिएको छ। पुष २३ गते (जनवरी ७) मा विजेता घोषणा हुने कभर भिडियो कम्पिटिसनकोलागि प्रतिस्पर्धा सुरु भईसकेकोछ। अब जो कोहि इच्छुकले कभर भिडियो बनाई पुष २१ गते (जनवरी ५) सम्म भाग लिन सक्नेछन।

यो प्रतिस्पर्धाका बिजेताहरुलाई ३ लाख ८५ हजार नगद पुरस्कार दिईने भएको छ। कभर भिडियो कम्पिटिसनमा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार गरि जम्मा ३ लाख ८५ हजार नगद पुरस्कार जित्नेछन्।

सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन्। रामबाबु गुरुङको कथा/निर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ। कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको सिनेमामा रवी न्यौपानेको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ।

Copyright © 2012 - 2026 | All Right Reserved.