नायिका तथा मोडल प्रतिक्षाले अपांग अनाथलाई सहयोग गर्दै मनाइन् जन्मदिन


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका तथा मोडल प्रतिक्षा खड्काले आज आफ्नो जन्मदिन मनाएकी छिन् । समाजसेवा गर्न मन पर्ने बताउने उनले अपांग बालबालिकाहरुलाई सहयोग गर्दै जन्मदिन मनाएकी हुन् । जन्मदिनको अबसरमा काठमाडौंको गोकर्णस्थित ‘संयुक्त अपांग एकता आवाज केन्द्र’मा चामल, चाऊचाऊ जस्ता अत्याबश्यक खाद्यान्न सामग्री सहयोग गरेकी हुन् । उक्त संस्थामा रहेको जम्मा ४२ अनाथ तथा अपांग बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाउन पाउदा निकै खुसी लागेको नायिका प्रतिक्षा बताउछिन् ।

‘मलाई कुनै पनि सामाजिक कार्य गर्न एकदम मन पर्छ, त्यसैले पनि जन्मदिनको अवसरमा सहयोग गरेकी हुँ।’, यो भन्दाअघि पनि उनले बाढिपहिरोमा परेकाहरुलाई सहयोग गर्दै पनि आएकी थिइन् । ‘संयुक्त अपांग एकता आवाज केन्द’ का अध्यक्ष तिल बहादुर कार्कीले पनि आफ्नो सामाजिक संस्थामा यसरी नै थुप्रै सहयोगी मनहरु आइरहने जानकारी दिए । बिभिन्न कलाकार तथा समाजसेवीहरुको सानो–सानो सहयोगले पनि कसैको जीवनमा ठुलो सहयोग हुने उनी बताउछन् । प्रतिक्षाले हाल सम्म करिब ६ दर्जन म्युजिक भिडियो र आधा दर्जन चलचित्रमा काम गरि सकेकी छिन । उनि अभिनित चलचित्र द मंगोलिएन हर्ट प्रदर्शनम आइ सकेको छ भने चलचित्र टिनेज र बिच्छी प्रदर्शनको तयारीमा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.