नाईं मलाई थाहा छैनको सफलता पछि ‘पहिलो भेटैमा’


सेलिब्रेटी नेपाल काठमाडौँ

‘नाईं मलाई थाहा छैन’ का गायक गायिका सन्जिब पराजुली र टीका प्रसाईंको अर्को गीत ”पहिलो भेटैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा होमनाथ न्यौपानेको शब्द रचना, दीपक भट्टराईको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ। हालै सार्वजनिक गायक संजीबको एकल एल्बम ‘त्यो सपना…’ मा समावेश यो गीतमा गायिका टीका प्रसाईंले साथ दिएकी छन् । गायकद्वयका ‘नाईं मलाई थाहा छैन’ र ‘तिमी मलाई मन पर्छ’ का साथै अन्य गीतहरुले पनि अत्यधिक चर्चा पहिले नै पाईसकेका छन् ।

‘पहिलो भेटैमा’ गीतको म्युजिक भिडियोमा नायक कर्मा र नायिका वर्षा शिवाकोटीको दमदार प्रस्तुति हेर्न सकिन्छ । नायक कर्माको यो पहिलो म्युजिक भिडियो रहेको कुरा नायकले हामीलाई जानकारी दिए । भिडियोको निर्देशन हालै सम्पन्न ‘नेपाल आइडल’का निर्देशक लक्ष्मण पौडेलले गरेका हुन् भने दृश्य सम्पादन भरत रेग्मीको रहेको छ । भिडियोमा कोरियोग्राफी दिपेन्द्र श्रेष्ठको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.