बोक्सीको कथामा आधारित ‘अग्निदहन’ पोस्टर रिलिज


सेलिब्रेटी नेपाल काठमाडौँ

बोक्सी प्रथा विरुद्द निर्माण गरिएको ‘अग्निदहन’को पहिलो पोस्टरहरु सार्वजनिक गरिएको छ । राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्र टिमले समाजमा विद्यमान बोक्सी प्रथालाई निर्मुल पार्न ‘अग्निदहन’ले महत्वपूर्ण भूमिका खेल्ने गरि निर्माण गरेको बताए । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा कोवितशरण उपाध्याय प्रस्तुतकर्ता रहेको चलचित्रका निर्देशक घनश्याम लामिछाने हुन् ।

घनश्यामले यसअघि सामजिक कथामा निर्मित ‘धौली’ समेत निर्देशन गरिसकेका छन् । कथा, पटकथा, संवाद लोकमणि पौडेलको रहेको चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुड, तुलसा क्षेत्री, प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिर्घ गुरुङको छायाँकन, दिर्घ खड्काको सम्पादन र जोसन कुँवरको संगीत रहेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.