नाजिर र शिल्पाको जोडी कागजपत्रमा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र झुम्की निर्देशन गरेका निर्देशक अपिल बिस्टको लेखन तथा निर्देशनमा नयाँ चलचित्र निर्माण हुने भएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्र कागज पत्र को घोसणा गरिएको हो वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा लिको प्रस्तुति रहनेचलचित्र लाइ खिलेन्द्र तिमल्सिना,मुकेश रेग्मी,प्रजापति सिवाकोटीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्

सामजिक प्रेमकथामा बन्न लागेको चलचित्रमा भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन, शिल्पा मास्के, आर्जेश रेग्मी लगायतका कलाकारको अभिनय रहने छ । विशारद बस्नेत कार्यकारी निर्माता रहेको चलचित्र यहि २३ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको छ । चलचित्र दाङ, तुलसीपुरको साथै काठमाडौँ आसपासको क्षेत्रमा छायाङ्कन हुने निर्माण पक्षले जानकारी गराएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.