पशुपति प्रसाद र जात्राले चर्चामा आएका अभिनेता बिपिन नाकाको डन बने (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र पशुपति प्रसाद र जात्राले चर्चामा आएका अभिनेता बिपिन कार्की अभिनित चलचित्र ‘नाका’ को फर्स्ट लुक टिजर सार्बजनिक गरिएको छ । टिजरमा अभिनेता बिपिन कार्की फरक लुक्स्म देखिएका छन् । बिपिन कार्की एउटा भर्सटायल अभिनेता हुन् । उनले अभिनय गरेका सबै जसो चलचित्रमा उनि फरक फरक भूमिका र गेट अपमा देखिने गर्दछन । चलचित्र नाका मा बिपिन डनको भूमिकामा देखिएका छन् । नाकामा हुने विभिन्न अबैध धन्दा र गुन्डागर्दिको बिषयमा चलचित्र बनेको छ। अमित श्रेष्ठले निर्देशन गरेको चलचित्रमा बिपिन कार्की,रबिन तामाङ, थिन्ले लाह्मो लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रविन टकी कार्कीले निर्माण गरेको चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.