वासुदेवको ‘यो मौसम’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक वासुदेव के.सी.को पप गित ‘यो मौसम’ को म्युजिक भिडीयो सार्वजनिक गरिएको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि उक्त गितको भिडीयो सार्वजनिक गरिएको हो । कार्यक्रममा गायक के.सी.ले आफ्नो सानैदेखीको रहर पुरा गरेको भन्दै भविष्यमा निरन्तर गित संगितमा लाग्ने वाचा गरे । मैले यो गित र भिडीयो ल्याउन निकै मिहेनत गरेको छु, उनले भने, ‘पहिलो गित भएपनी धेरैले मन पराईदिनुभएको छ, यसले मलाई भविष्यमा थप मिहेनत गरेर अगाडी वढ्न हौसला मिलेको छ ।’

भरत सिटौलाको लिरीक्स तथा म्युजिक, सैलेन्द्र प्रधानको एरेन्ज, विजु कर्माचार्यको मिक्सीङमा तयार भएको भिडीयोमा पुष्प खड्का र सिर्जनाको अभिनय रहेको छ । भिडीयोलाई काठमाण्डौं आसपासका रमणीय स्थलमा छायाँकन गरिएको सार्वजनिक कार्यक्रममा जानकारी दिईयो । अनिल मानन्धरले खिचेको भिडीयोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन । भिडीयोको निर्देशन विभोर पोखरेलले गरेका हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.