आफ्नो बलिउड डेब्यु समाचारबारे सृष्टिले गरिन खण्डन


सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेत्री सृष्टि श्रेष्ठले बलिउडमा डेब्यु गर्न लागेको समाचारहरुले अहिले विभिन्न नेपाली अन लाइन मिडियामा स्थान पाईरहेका छन् । नेपाली अन लाइन मिडियाले कुन श्रोत बाट समाचार लेखे त्यो प्रस्ट छैन उक्त समाचार लाइ अहिले आयर सृष्टिले उक्त समाचारको बारेमा मुख खोलेकी छन् । फेसबुकमा समाचार बारे स्टाटस लेखेकी सृष्टिले उक्त समाचारको खण्डन गरेकी छन् ।

‘सुचना सम्भवत: पावर हुन सक्छ । तर, गलत सूचना दिनु पनि शक्तिको दुरपयोग हो । प्रिय प्रशंसकहरु, मैले भारतीय सिनेमामा डेब्यु गर्न लागेको भन्ने समाचारहरु गलत हुन् । कृपया अफवाह नफैलाउनुस ।’ सृष्टिले स्टाटसमा उल्लेख गरेकी छन् ।
नेपाली केहि मिडियाहरुमा सृष्टिले यशराज प्रोडक्सनको ‘सन्दीप और पिंकी फरार’मा अभिनय गर्ने समाचारहरु सम्प्रेषण गरेका थिए । अर्जुन कपूर र परिनिती चोपडाले अभिनय गर्ने सिनेमाका पछिल्ला समाचारमा सृष्टिको बारेमा बलिउड मिडियाले कहिँ कतै पनि लेखेका छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.