पलकी सपनाकी परी आँचल (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नायक पल शाह र नायिका आँचल शर्मा पछिल्लो समय सर्वाधिक रुचाईएको ‘रिल कपल’ हो । उनिहरुले सँगै केहि चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेका छन् । हालै पल र आँचल अभिनित नेपाली पप गीत ‘चिटिक्क’को भिडियो सार्वजनिक गरिएको छ । सहदेव अर्यालले लेखेको यो गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ । एक युवकले कल्पना गरेकी युवतीको कथामा यो भिडियो आधारित रहेको छ । नायक पलले आफुले सोचेकी युवतीको कल्पनामा हुन्छन् भने नायिका आँचल पलकी सपनाकी परी बनेकी छन् । मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् । माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो । गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पादन सुप्रिम पराजुली हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.