रक्षाको पत्र बधशाला रोक्न आदेश


सेलीब्रेटी नेपाल माघ १४ गते-चलचित्र ‘वधशाला’ को प्रमोशन र प्रदर्शन रोक्न भन्दै रक्षा मन्त्रालयले सुचना तथा संचार मन्त्रालयको नाममा पत्र काटेको छ । वधशालामा नेपाली सेनाको पोशाकको दुरुपयोग भएको लगायतका बिषयमा आपत्ति जनाउदै तत्कालका लागि सिनेमाको सम्पुर्ण गतिविधी रोक्न रक्षा मन्त्रालयले सुचना तथा संचारमन्त्रालयका नाममा पत्र काटेको हो ।पत्रमा भनिएको छ, ‘नेपाली सेनाको पोशाक लगाई छायांकन गरिएको लगायतका बिषयमा सम्वन्धित पक्षसँग अनुमती नलिई छायांकन गरिएको हुदा चलचित्र ऐन २०२६ र चलचित्र नियमावली २०५७ अनुसार सिनेमाको प्रदर्शनका लागि इजाजत प्रदान नगर्नु हुन र गरिसकेको भए चलचित्र हलमा प्रदर्शनका लागि रोक लगाइदिनुहुन नेपाल सरकार (सचिवस्तर) को निर्णय भएको व्यहोरा अनुरोध गरिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.