केकी र नाजिरको रज्जा रानी प्रदर्शन मिति संगै टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्र ‘रज्जा रानी’ले आफ्नो प्रदर्शन मिति संगै टीजर सार्बजनिक गरेको छ पुष २८ गतेलाई प्रदर्शन मिति सार्वजनिक गरेको चलचित्र लाइ नायक आर्यन सिग्देलको होम प्रोडक्शन हाउसबाले निर्माण गरेको हो चलचित्र लाइ यम थापाले लेखन तथा निर्देशन गरेका हुन् । रमेश एमके पौडेल निर्माता रहेको चलचित्रले सानो भेगको जनजाति कथा बोल्नेछ । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

चलचित्रमा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.