स्वरुपराजको सानो संसारमा सुशन र आरति (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक स्वरुपराज आचार्यको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘हाम्रो सानो संसार’को भिडियो सार्वजनिक भएको छ । कुमार केसीले निर्देशन गरेको भिडियोमा मोडलहरु सुशन पाठक र आरती थापाको अभिनय रहेको छ । गीतमा प्रकाश जंग कार्कीका शब्द तथा किरण पहाडीको संगीत रहेको छ । विजय कुमार बस्नेत कार्यकारी निर्माता रहेको भिडियोका छायाँकार अजय रेग्मी हुन् भने सम्पादक अनुप सिवाकोटी हुन् । यो गीत मेघा इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको बिष्णु कार्कीको एल्बम ‘प्रकाश किरण’मा समावेश गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.