मरिष्का र आकाशको यस्तो रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गीतकार तथा कवियित्री अम्बिका गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक उक्त गीतमा गायक सुमन केसीको स्वर रहेको छ । शंकर थापाको संगीत रहेको गीत लाइ उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा चलचित्रका अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको सुन्दर जोडीले अभिनय गरेको छ । निर्देशक अधिकारीले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिएको भावनालाई झल्काउने शैलीमा अभिनय गराएका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.