अमेरिकामा नीतालाई ‘बेष्ट लिडिङ एक्ट्रेस’ अवार्ड


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री नीता ढुङ्गाना ‘बेष्ट लिडिङ्ग एक्ट्रेस’ घोषित भएकी छन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को शहरमा आयोजित ‘सान् फ्रान्सिस्को फिल्म फेस्टिभल’मा उनले ‘बेष्ट लिडिङ्ग एक्ट्रेस’को अवार्ड हात पारेकी हुन् ।
उनले ‘बिदेशी भाषी’ बिधा अन्तर्गत चलचित्र ‘पंचायत’बाट अवार्ड हात पारेकी हुन् । चलचित्रले ‘बेस्ट मुभी इन फरेन ल्याङ्ग्वेज’ विधामा समेत अवार्ड जितेको छ ।

करिब दुई दर्जन नेपाली चलचित्र अभिनय गरेकी नीता म्युजिक भिडियोमा पनि जमेकी छिन । उनी अभिनित पछिल्ला केही चलचित्रले ब्यबसायिक असफलता हात पारे पनि उनी लगातार हिट लिष्टमा रहन सफल छिन् । पुराना बिषयबस्तुमा निर्माण भएको चलचित्र ‘पंचायत’मा उनले किशोरीको भूमिका निर्बाह गरेकी छन् ।शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र नेपालमा प्रदर्शन हुन बाँकी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.