केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शुभ मुर्हत


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री केकी अधिकारीले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा आफ्नो लगानीमा निर्माण गर्न लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को आइतबार एक कार्यक्रमको आयोजना गर्दै शुभ मुर्हत गरि चलचित्र छायांकन सुरु गरेकी छिन । केही साता अगाडी राजधानीमा पत्रकार सम्मेलनको आयोजना चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को निर्माण घोषणा गरेकी निर्मात्री तथा आफ्नै मुख्य अभिनय रहेको जानकारी गराएकी थिईन । करिब दुई साता जति चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को छायांकन बाके, कोहलपुर र नेपालगञ्जको बागेश्वरी मन्दिर र त्यहीका केही ठाउँ वरिपरि हुनेछ ।

चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मार्फत निर्देशक विशाल भण्डारीले डेब्यु गर्दै छन् । ‘कोहलपुर एक्सप्रेस’ मा केकी अधिकारी संगै अहिलेकी ब्यस्त नायिका प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, सुजन कार्की र कुसाग्र भट्टराईको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई शान बस्न्यातले लेखेका हुन भने चलचित्रमा चर्चित संगीतकार राजनराज शिवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बास्कोटाको संगीत रहने छ भने गम्भीर बिष्टको कोरियोग्राफी र अर्जुन तिवारीले चलचित्रलाई छायांकन गर्ने छन। चलचित्रमा केकीका साथै भद्रबहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रसाद चौलागाईले लगानी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.