कलाकार रबिन्द्र खड्का राप्रपा पार्टी परित्याग गरि एमाले प्रवेश


सेलिब्रेटी नेपाल काठमाडौँ

कलाकार रबिन्द्र खड्काले राप्रपा पार्टी परित्याग गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ बाट सर्वसम्मत सिफारिस भएका खड्काले बिहिबार पत्रकार सम्मेलन गर्दै राप्रपा परित्यागको घोषणा गरेका हुन् । उनले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीसँगै राप्रपा बाट प्रदेशसभामा प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस भएका अर्का कलाकार शंकरलाल श्रेष्ठ सहित राप्रपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । राप्रपामा लामो समय काम गरेका खड्का हाल राप्रपा निकट चलचित्रकर्मीहरुको छाता संगठनका केन्द्रिय अध्यक्ष समेत हुन् ।

‘पार्टीको नीति, सिद्धान्त र विचारका विरुद्ध चुनावी तालमेल र सहमति पार्टी हित विपरित र कार्यकर्ताको भावना विपरित छ’, नेता खड्काले भने, ‘हामी राष्ट्रबादी दलसँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेतालाई विजयी गराउने छौं । तर, राप्रपा सदाका लागि परित्याग गरेका छौं अब मेरो साथ र समर्थन नेकपा एमालेसँग हुनेछ ।’कार्यक्रममा उनले भने, ‘राप्रपामा हुँदा मेरो राजनीतिको गुरु भन्नु नै कमल थापा जि हुनुहुन्छ म उहाँलाई सम्मान गर्छु । म राप्रपा निकट रहेका भातृ संगठन राष्ट्रवादी कलाकार मञ्चको केन्द्रिय अध्यक्ष भएर काम गरे तर हाम्रो एजेण्डलाई पार्टी नेतृत्वले समर्थन गरेन त्यही भएर राप्रपा पार्टी परित्याग गरी एमालेलाई समर्थन गरेको हो ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.