‘ऐश्वर्य’ रिलिज संगै प्रेस शो ! चलचित्रले पायो उत्कृस्ट प्रतिक्रिया


सेलिब्रेटी नेपाल काठमाडौँ

रमेश उप्रेतीको निर्माण तथा मुख्य अभिनय रहेको चलचित्र ‘ऐश्वर्य’ बिहिबार, छठ पर्वदेखि देशभरबाट प्रदर्शनमा आएको छ । गीत संगीत र प्रोमोबाट नै चर्चामा आउन सफल चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र नव नायिका दीपिका प्रसाईंको मुख्य भूमिका रहेको छ । चलचित्र प्रदर्शन कै दिन राजधानीमा प्रेस शोको पनि आयोजना गरिएको थियो प्रेस शोमा चलचित्र हेर्ने पत्रकार हरुले चलचित्र उत्कृस्ट बनेको प्रतिक्रिया दिएका छन् । चलचित्रको मेकिङ्ग रिच देखिएको छ ।

दिवाकार भट्टराईको लेखन तथा निर्देशन रहेको ‘ऐश्वर्य’ धनको पछि लाग्ने व्यक्ति र त्यसबाट आउने परिणामको कथा हो । अर्जुन पोखरेलको संगीत रहेको ‘तिमी रोएको पल’ ले श्रोताको मन जित्न सफल भइ सकेको छ । राजेश श्रेष्ठ र सुदीप बरालको छायाँकन रहेको चलचित्रमा रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.