केकीको निर्माणमा कोहलपुर एक्सप्रेस विशालको निर्देशनमा डेब्यु


सेलिब्रेटी नेपाल काठमाडौँ

थुप्रै म्युजिक भिडियो र चलचित्रमा अभिनय गरि सकेकी अभिनेत्री केकी अधिकारी पनि अब चलचित्र निर्मात्री भएकी छिन् । राजधानीमा पत्रकार सम्मेलन गरेर अधिकारीले चलचित्र निर्माणको आधिकारीक रुपमा निर्माणको घोषणा गरेकी छिन् । उनले निर्माण गर्ने चलचित्रको नाम ‘कोहलपुर एक्प्रेस’ रहेको छ भने यो चलचित्रको निर्देशन विशाल भण्डारीले गर्ने भएका छन् । भण्डारी यो भन्दा पहिले थुप्रै म्युजिक भिडियो निर्देशन गरि सकेका छन् भने ‘कोहलपुर एक्सप्रेस’ उनको डेब्यु चलचित्र हो ।

भद्र बहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौलागाँई निर्माताको रुपमा रहेका छन् । यस चलचित्रमा प्रियंका कार्की,ऋचा शर्मा,केकी अधिकारी,विनोद न्यौपाने,बुद्धि तामांग,रविन्द्र झा र बालकलाकार कुसाग्र भट्टराईले मुख्य भुमिकामा अभिनय गर्ने भएका छन् । चलचित्रमा सान बस्न्यातको लेखन, अजुर्न तिवारीको छायांकन, राजनराज सिवाकोटी,अजुर्न पोख्रेल र कालि प्रसाद बाँसकोटाको संगीत, लोकेस बज्राचार्यको सम्पादन रहने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.