हट दीपिकाको जवानी १६ बर्षमुनिकाले हेर्न नपाउने


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी शुक्रबार सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । ‘ऐश्वर्य’ ले सेन्सर बाट पीजी सर्टिफिकेट पाएको छ १६ बर्ष मुनिका दर्शकले आफ्नो अभिबाबक संग मात्र यो चलचित्र हेर्न पाउने छन् ।रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको चलचित्रको रमेश उप्रेती प्रस्तुतकर्ता हुन्, भने अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेकी छन् । अभिनेत्री दीपिकाको यो डेब्यु चलचित्र हो । डेब्यु चलचित्रमा नै उनि बिकिनामा देखा परेकी छिन ।

लभस्टोरी चलचित्र ‘ऐश्वर्य’मा सुख सम्पति प्राप्तिको पछि लाग्दा निम्तिने अवस्थालाई देखाउन खोजिएको छ । चलचित्रको प्रचारका लागि सार्वजनिक ट्रेलर र गीत दर्शकले मन पराइ सकेका छन् ।लामो समय अमेरिका बसाइपछि स्वदेश फर्किएका रमेशले यसै चलचित्र मार्फत निर्माताको रुपमा डेब्यु गरेका छन् । निर्मल शर्मा सहनिर्माता रहेको चलचित्रको लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.