‘बाहुबली’ ले चढ्छन् १३ करोड पर्ने गाडी,१८० करोड भारुका मालिक


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
एसएस राजामौलीको फिल्म ‘बाहुबली’ का लोकप्रिय अभिनेता प्रभास आज अर्थात २३ अक्टोबरबाट ३८ वर्षका भएका छन् । सन् १९७९ मा जन्मेका प्रभासको खास नाम प्रभास राजू उप्पलापति हो । बाहुबलीको पहिलो भागका लागि प्रभासले ४० करोड रुपैयाँ पारिश्रमिक लिएका थिए । फिल्म सफल भएपछि उनले फीस बढाएर ४८ करोड भारु पु–याए ।

दक्षिण भारतका अन्य स्टारहरू जस्तै प्रभासलाई पनि विलासी गाडी चढ्न मन पर्छ । उनी १३ करोड पर्ने रोल्स रोयस फ्यान्टम चलाउँछन् । प्रभाससँग लगभग १८० करोड भारुबराबरको सम्पत्ति छ । उनलाई नामी कम्पनीहरूको विज्ञापनको पनि अफर आइसकेको छ । त्यसबाहेक हैदराबादको जुबली हिल्समा उनको भव्य बंगला छ । फिल्म नगरमा पनि उनको अर्को बंगला छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.