श्रीमान विदेशीँदा श्रीमतीलाई कति पिडा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

डी.आर. ‘अटु’को शब्द/संगीत, सुनिता थेगिमको स्वर रहेको गीत ‘मेरो प्यारा’को भिडियो रिलीज भएको छ । रमेश संग्रौलाको निर्देशनमा बनेको भिडियोमा ‘मेरीबास्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चर्चित सन्देश लामिछाने र मोडल सारिका केसीको अभिनय रहेको छ ।

गीतले श्रीमान विदेशीँदा श्रीमतीलाई हुने पीडा व्यक्त गरेको छ । गीतमा तिहार लगायत चाडबाडको माहौल समेत रहेको छ । दिक्तेल बजार, जब साझ पर्दै गयो, काडाले घोच्ला बिस्तारै जाउ, झुम्के माया, क्यारुम त नि, गुडि जाने रेल, चौबन्दी चोलीले, पत्थर झै रैछ तिम्रो मुटु, आदि जस्ता चर्चित गीतका संगीत सर्जक ‘अटु’ हाल दक्षिण कोरियामा छन् । यद्यपी उनको संगीत श्रृजना भने निरन्तर अघि बढिरहेको छ ।अर्जुन सापकोटाको छायांकन रहेको भिडियोलाई अनिल महर्जनले सम्पादन गरेका छन् ।

भिडियो:

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.