कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’ घोसणा


सेलिब्रेटी नेपाल काठमाडौँ

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’को औपचारिक घोषणा गरिएको छ। आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो। यस अघि केहि चलचित्रमा सह निर्देशकको रुपमा कार्य गरेका र ओस्कार कलेजमा चलचित्र निर्देशनको औपचारिक शिक्षा प्राप्त गरेका प्रवेश पौडेलले ‘अमेरिका बोइज’लाइ निर्देशन गर्ने छन् । चलचित्रको छायांकन तिहारको लगत्तै सुरु हुनेछ ।

चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ। प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको लागत दुई करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्द चलचित्रका निर्माता हुन् ।

चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् नाम‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बन्न लागेको निर्दशकले कार्यक्रममा बताए । चलचित्रमा अलोक सुक्लाको छायांकन,निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत,सुनिल क्षेत्रिको कोरियोग्राफी रहने छ। निर्माण युनिटका अनुसार चलचित्र आगामी बैशाख १४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.