रोमियोको ट्रेलर सार्बजनिक ! निशा देह व्यापार गर्ने महिला(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र रोमियोको ट्रेलर सार्बजनिक गरिएको छ कार्तिक २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक ट्रेलरमा माया प्रेम का कुराले स्थान पाएको छ चलचित्रमा निशा अधिकारी देह व्यापार गर्ने महिलाको रुपमा रहेको ट्रेलर बाट पुस्टि हुन्छ । चलचित्रमा हसनराजा खान, मेलिना मानन्धर, भानु
प्रताप, ओशिमा बनु, बिपेन मिक्की गुरुङ, विकाश खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

किरण माइकल घिमिरेले तयार गरेको कथालाई शंकर कार्कीले निर्देशन गरेका हुन् । एचआरके प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा ताराप्रकाश लिम्बु, सुनिल ‘सन्डे’, कुर्वान खान र योगेश काजीको संगीत रहेको छ । अभिनेता हसन खानकै प्रस्तुती रहेको चलचित्रमा आशिका श्रेष्ठ र विष्णु कार्कीको निर्माण, रामेश्वर कार्कीको छायाँकन र साहिल खान/मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.