पहिलो पटक एक्शन भूमिकामा देखिदै नायक राज आर्यन



लामो समयको अन्तराल पछि चकलेटी ब्वायको रुपमा चिनिएका नायक राज आर्यन अब एक्शन चलचित्र लिएर पुन चलचित्रमा कमब्याक गर्ने भएका छन । ‘लभ यु म्यान’ र ‘चियर्स’ जस्ता हिट चलचित्र दिइसकेका नायक राज आर्यनलाई दर्शकहरुले पी.एन.पी.मिडिया हाउस को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्रमा देख्न पाउने भएका छन। उनि बिगत चार बर्ष देखि अस्ट्रेलियामा रहेर आफ्नो अध्ययन लाइ निरन्तर दीइ रहेका थिए अहिले उनि नेपाल फर्केर नयाँ चलचित्रको लागि धमाधम द्वन्द र बडी बिल्डिंगका साथै नृत्य पनि सिकी रहेका छन ।

अलग धारका चलचित्रमा अभिनय गर्न रुचाउने राजले यस चलचित्र अघि सस्पेन्स थ्रिलर चलचित्र “पापी रात “, समलिंगी मनोविज्ञानमा आधारित चलचित्र ” लभ यू म्यान “, डार्क कमेडी चलचित्र ” चीयर्स ” तथा त्रिकोणात्मक लभ स्टोरी ” स्पर्श” मा अभिनय गरिसकेका छन् । आफुलाई मन परेको स्क्रिप्ट छानेर मात्र चलचित्र गर्ने बानीले कम चलचित्रमा अभिनय गरेको उनको भनाइ छ ।

प्राय लभस्टोरी भूमिकामा लभर ब्वाईको रुपमा देखिने राज आर्यन यसपटक भने पूर्ण एक्सन भूमिकामा देखिने भएका हुन । डेढ करोड लगानीमा बन्न लागेको उक्त चलचित्रमा निर्माताको रुपमा नायक तथा कलाकार पुस्करजंग थापाले लगानी गर्ने भएका छन। भारतमा ब्रिटिश साम्राज्यवादको युगमा भएको नेपालीहरुको सत्य घटनामा आधारित उक्त चलचित्रको स्क्रिप्ट निर्माता पुस्करजंग थापाले नै तयार पारेका हुन् ।

नेपाली चलचित्रमा बढ्दो आधुनिक प्रबिधिको प्रयोग हुन थालेसँगै यस चलचित्रमा पनि भीएफएक्स, क्यामरा वर्कस तथा एक्सन सिक्वेन्सहरुमा जोड दिइने निर्माण पक्षले बताएको छ । चलचित्रमा नायकका रुपमा राज आर्यन अनुबन्धित भइसकेता पनी दक्ष निर्देशकको खोजीमा निर्माण पक्ष लागिरहेको छ ।

नायक राज आर्यनले यसअघि गरेका चलचित्रबाट थुप्रै फ्यानहरु बटुल्न सफल भएका थिए । पी.एन.पी.मिडिया हाउसको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा नायिका भने अहिलेसम्म छनोट भएको छैन । लभर ब्वाईको भूमिकाको रुपमा दर्शकहरुले रुचाइसकेका नायक राज आर्यनलाई एक्सन भूमिकामा दर्शकहरुले कत्तिको रुचाउने हुन् त्यो हेर्न भने चलचित्रको प्रदर्शन मिति नै कुर्नुपर्ने हुन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.