‘पिंजडा ब्याक अगेन’ पहिलो गीतमा निखिल र साराले यसरि कम्मर मर्काए



चलचित्र ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्र युनिटले चलचित्रको गीत सार्बजनिक गरेको हो राजनराज सिवाकोटीको शब्द संगीत तथा स्वरमा रहेको ‘कु कु कु…’यता पनि छैन उता पनि छैन बोलको गीतमा महिला आवाजमा अन्जु पन्तले साथ दिएकी छिन । लोक टुक्काहरुको समिश्रणमा तयार भएको गीत दर्शक तथा श्रोताले मन पराउने संगीतकारले आशा व्यक्त गरे ।

सार्वजनिक गीतमा निखिल उप्रेती र सारा शिर्पालीले कम्मर मर्काएका छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी र सौरव लामाको छायाँकन रहेको छ । मौनता श्रेष्ठले लेखेको चलचित्र‘पिंजडा ब्याक अगेन’लाई द्वन्द निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्रमा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ र कुशाग्रह भट्टराईको मुख्य भूमिका रहेको छ ।माघ ४ गते प्रदर्शन आउने ‘पिंजडा ब्याक अगेन’को निर्मातामा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्री रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.