अभिनेत्री अशिष्मा अब निर्मात्री नेपाल भाषा चलचित्र बनाउदै


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री अशिष्मा नकर्मीले नयाँ परिचय थपेकी छन् । अब उनको परिचयमा ‘निर्मात्री’ शब्द पनि थपिने भएको छ । अशिष्माले नेपाल भाषाको चलचित्र ‘लाखे भाजु’ निर्माण गर्ने भएकी हुन् । मंगलबार राजधानीमा चलचित्र निर्माणको घोषणा भएको छ । नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् नजिक आइरहँदा नेवार चलचित्र निर्माणको घोषणा भएको हो । नेवार समुदायको परम्परागत लाखे नाचमा आधारित चलचित्रमा एक युवाको प्रेमकथा समेटिनेछ । अशिष्माले पहिलेदेखि ऐतिहासिक चलचित्र निर्माण गर्ने इच्छा व्यक्त गर्दै आएकी थिइन् ।

अशिष्माले चलचित्रमा मुख्य भूमिका निभाउनेछिन् । चलचित्रमा ‘लाखे भाजु’ मा सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहनेछ । अशिष्माका गुरु आर्यम नकर्मीले चलचित्र निर्देशन गर्नेछन् । नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दर राजभण्डारी र दीपक श्रेष्ठको साथले चलचित्र निर्माताको रूपमा प्रस्तुत हुन लागेको बताइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.