दर्जन भन्दा बढी सफल चलचित्रका नायक रमेश उप्रेतीको प्रतिक्षा ‘ऐश्वर्य’


सेलिब्रेटी नेपाल काठमाडौँ

नायक रमेश उप्रेती १० बर्ष अघाडी नेपाली चलचित्र बजारमा सफल नायकका रुपमा चिनिएका थिए । चलचित्रमा सफल हुँदा हुँदै पनि उनि आफ्नै बाध्यताले अमेरिका बस्न थाले लामो समय अमेरिकाको बसाई पछि उनि पुन नेपाल फर्केर नेपाली चलचित्रमा देखा पर्दै छन् । अब उनको परिचय नायक मात्र नभएर निर्माता पनि थपिएको छ । उनले आफैं निर्माण गरेको चलचित्र ‘ऐश्वर्य’ आउँदो कार्तिक ९ गते देश ब्यापी सार्बजनिक प्रदर्शनमा आउंदै छ । दर्जन भन्दा बढी सफल चलचित्रमा काम गरि सकेका रमेश लाइ ‘ऐश्वर्य’मार्फत नेपाली दर्शकले पुन चलचित्र देख्न पाउने भएका हुन्। उनि अभिनित चलचित्र संगम,करोडपति,धर्म संकट,देवदूत,घर संसार,घुम्टो,एक नम्बरको पाखे,आफ्नोपन,मायाको जाल,यो मायाको सागर,१६ बर्षे जोवन,अप्सरा लगाएतकाले ब्यबसायिक सफलता पनि पाउन सफल बनेका थिए ।

आफ्नो अघिल्लो समयमा निरुता सिंह, जल शाह, मेलिना मानन्धर, सज्जा मैनाली, करिश्मा मानन्धर लगायतका नायिकासँग जोडी जमाएका रमेशले यो चलचित्रमा नव-नायिका दीपिका प्रसाईँसँग जोडी बाँधेका छन् ।

एक्सन र रोमान्सले भरपुर ‘ऐश्वर्य’मा रमेश उप्रेती, दिपीका प्रसाई , प्रशान्त ताम्राकार र केकी अधिकारी,अर्जुन श्रेष्ठ,केशब भट्टराई,सुनिता ठाकुर,बिकाश खतिवडा,अमित पोखरेल लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । ‘ऐश्वर्य’ को निर्देशन दिवाकर भट्टराईले गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.