खगेन्द्रको ‘डमरुको डण्डीबियो’ औपचारिक घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

पशुपति प्रसाद बाट प्रसंशा बटुलेका कलाकार खगेन्द्र लामिछाने लाइ चलचित्र धनपति बाट खासै सफलता मिल्न सकेन अब उनै खगेन्द्र नयाँ चलचित्रमा देखा पर्ने भएका छन् चलचित्र ‘डमरुको डण्डीबियो’को औपचारिक घोषणा गरिएको छ । नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित भएर बन्ने चलचित्र ‘फ्यामिली स्पोर्ट ड्रामा’ रहने कलाकार खगेन्द्र लामिछानेले जानकारी दिए । चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल र मेनुका प्रधानको मुख्य भूमिका रहने छ चलचित्रलाई स्क्रिप्ट राइटर छेतेन गुरुङले निर्देशन गर्नेछन ।

खगेन्द्र लामिछानेकै लेखन रहेको चलचित्रमा अनुप, मेनुका र खगेन्द्रका अलावा नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारको अभिनय रहने छ । समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण हुने चलचित्रमा सुमी श्रेष्ठ घले र विनोद गुरुङको संयुक्त लगानी रहनेछ । असोज २२ गते देखि छायाँकन सुरु हुनेछ । चलचित्रको छायाँकन लमजुङको घले गाउँमा ७५ र काठमाडौँमा २५ प्रतिशत छायाँकन गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.