फाटेको जुत्ता ट्रेलर सार्बजनिक ! सौगात र प्रियंकाले भरपुर हसाउने छन्


सेलिब्रेटी नेपाल काठमाडौँ

चपली हाइट निर्माता अर्जुन कुमारको निर्माणमा बनेको चलचित्र ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्रको आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले ट्रेलर सार्बजनिक गरेको हो डार्क कमेडी जनराको चलचित्र कात्तिक १७ गते बाट सार्बजनिक प्रदर्शन आउने छ।

चलचित्रमा नायक सौगातले तराई क्षेत्रको यूवकको रोलमा अभिनय गरेका छन् । चलचित्र लाइ निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरसिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.