प्रेमगीत २ को ५१ औं दिनको सेलिब्रेसनमा प्रदिपलाई कार उपहार


सेलिब्रेटी नेपाल काठमाडौँ
प्रदर्शन पुर्ब नै चर्चामा रहेको चलचित्र प्रेम गीत २ ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर सेलिव्रेशन गरेको कार्यक्रम आयोजना गरेको छ ५१ औं दिनको सेलिब्रेसन कार्यक्रममा चलचित्रका नायक प्रदिप खड्कालाइ ५३ लाख मूल्यको कार उपहार दिएको छ । निर्माता सन्तोष सेनले नायक खड्कालाइ रातो रंगको हुन्डाइको क्रेटा कार उपहारस्वरुप हस्तान्तरण गरेका हुन् ।

आशुषेन फिल्मस्को ब्यानरमा रहेर चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’मा काम गरेका प्रदिपले सोही ब्यानरमा बन्ने चलचित्र ‘दीपेन्द्र सरकार’मा पनि काम गर्ने तय भइसकेको छ । सो अवसरमा ‘प्रेमगीत २’को शिर्ष गीतको कभर भिडियो गाउने विजेता महिला र पुरुषको नाम पनि कार्यक्रममा घोषणा गर्दै एक एक लाख नगद पुरस्कार समेत दिइएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.