महको निर्माणमा बन्ने भो ‘शत्रु गते’ पल र आंचलको जोडी


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कला क्षेत्रका हस्ती बरिस्ट कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धेरै बर्षको अन्तरालमा चलचित्र निर्माण गर्ने भएका छन् ।‘फिलिम, तँ त साह्रै विग्रिस नी बद्री, जे भो राम्रै भो’ लगायतका चलचित्र बनाएपछि मह जोडी चलचित्र निर्माणबाट टाढा भएका थिए । राजधानीमा एक कार्यक्रम गरि मह संचारबाट निर्माण हुन लागेको चलचित्र ‘शत्रु गते’को औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै हरिबंश आचार्यले चलचित्रले तराइ, हिमाल र पहाडको कथा जोड्ने बताए । उनले नयाँ पुस्ताका कलाकारहरुसँग आफूहरुले सहकार्य गर्न लागेको भन्दै एउटा उत्कृष्ट चलचित्र बनाउने बताए ।

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौड्याल, अञ्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसकारको अभिनय रहनेछ ।
चलचित्रमा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत रहनेछ । चलचित्र चैत्र ९ गते सार्बजनिक प्रदर्शनमा आउने पनि उक्त कार्यक्रममा जानकारी गराइयो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.