डनको कथा सकस ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको को ट्रेलर सार्वजनिक गरिएको हो । द्धन्द्ध निर्देशक एनवी महर्जनले निर्देशन गरेको चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, बदलाको कथा देखाइएको छ ।

अक्कल सिंह प्रस्तुतकर्ता रहेको चलचित्रमा सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागीको संयुक्त लगानी रहेको छ यो चलचित्र कार्तिक २४ गते बाट प्रदर्शनमा आउने जानकारी पनि उक्त कार्यक्रममा गराईयो । चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, सुनिल दत्त पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका छ । मौनता श्रेष्ठको कथामा तयार भएको चलचित्रमा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.