समाजसेवी शान्ता पसिना बगाउदै


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्रको निर्माण बढे संगै नेपाली चलचित्रका दर्शक पनि बढेका छन् राम्रो गुणस्तरीय चलचित्र बनाउने हो भने दर्शकको साथ पनि मिल्छ र लगानी पनि सुरक्षित हुन्छ चलचित्र निर्माण संगै कलाकार,निर्माता तथा प्राबिधिक हरुको संख्या पनि बढी रहेको छ । अन्य क्षेत्रका व्यक्ति हरुको नेपाली चलचित्रमा प्रवेश पनि बढी रहेको छ यसै क्रममा गोदावरी निवाशी शान्ता ढकाल चलचित्र पसीना बाट निर्मात्री बनेकी छिन लामो समय देखि सामाजिक कार्यमा निरन्तर लागि रहेकी शान्ता निर्मित चलचित्र पसिना को सम्पूर्ण प्राबिधिक कार्य सकेर प्रदर्शनको तयारीमा रहेको छ । केहि दिन पहिले चलचित्रको टाइटल लोगोलाइ एक कार्यक्रमको बीच सूचना तथा संचार मन्त्रि मोहन बस्नेतले सार्बजनिकीकरण गरेका छन् ।

अनुभवी निर्देशक आर.बि.खत्रीले निर्देशन गरेको चलचित्र पसिना समसामयिक कथा बस्तुमा तयार भएको छ चलचित्रमा गौरब पहाडी र अनु शाहको मुख्य भूमिका रहेको छ । गरूँ सत्कर्म बगाऊ पसिना भन्ने मुख्य थिममा रहेर चलचित्र निर्माण गरेको निर्देशक आर.बि.खत्रीले बताएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.