मिलनको लिली बिली प्रदीपले गर्ने भए दुइ नायिका संग रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समयका व्यस्त निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ सिनेमा ‘लिली बिली’को औपचारिक घोषणा गरिएको छ । राजधानीको तारे होटेलमा पत्रकार सम्मेलन गर्दै निर्माण युनिटले ‘लिली बिली’को बारेमा जानकारी गराएको छ । चलचित्रमा चर्चित नायक प्रदीप खड्काको साथमा दुइ नव नायिका जसिता गुरुङ र रेविका गुरुङले ‘लिली बिली’मार्फत डेब्यु गर्दैछन । चलचित्रमा यी दुई नव नायिकाले प्रदीप खड्कासँग स्क्रिन शेयर गर्नेछन ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्र लाई कार्तिकमा स्कटल्याण्ड र इंग्ल्यान्डमा छायांकन गरिने छ । २ करोड पचास लाख बजेट बताईएको चलचित्रमा गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानी गर्ने भएका छन् । प्रेमगीत र प्रेमगीत २ बाट चर्चामा आएका नायक प्रदीपले यस चलचित्रमा काम गरे बापत मोटो रकम पारिश्रमिक लिएका छन्। प्रदिप भारद्वाजको पटकथा सम्बाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् चलचित्र आगामी नयाँ बर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.