धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटमा नमुना दलित बस्ति बनाउने


सेलिब्रेटी नेपाल काठमाडौँ

काभ्रे,सिन्धुपाल्चोक र महोत्तरीमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेसनले
रौतहटको सन्तपुरमा एकीकृत नमुना दलित बस्ती बनाउने भएको छ रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८, सन्तपुरमा एकीकृत नमुना दलित बस्ती बनाउने भएका हुन् । उक्त बस्तीको असोज ४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको छ नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नंम्बर २ को सहकार्यमा फाउन्डेसनले उक्त एकीकृत नमुना बस्ती निर्माण गर्न लागेको हो ।

फाउन्डेसनका म्यानेजर अर्जुन न्यौपाने र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नंम्बर २ का अध्यक्ष हिरा गौतम र वरिष्ठ उपाध्यक्ष उदय सापकोटा सुरेन तथा दलित समुदायका तर्फबाट सत्य नारायण माझीले बस्ती निर्माणको सम्झौता–पत्रमा सोमबार हस्ताक्षर गरेका छन् । सो बस्तीमा ४० वटा दुई तले घर निर्माण गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.