जापानिज निर्देशकको चलचित्र माई लब मङ्सिर १५ मा


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘शिरिषको फूल’निर्देशन गरेर नेपाली चलचित्रमा क्षेत्रमा परिचित बनेका जापानिज निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको अर्को चलचित्र ‘माई लभ–प्रमिस फर काठमाडौं’ आउँदो मङ्सिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति र प्रिमियरको विषयमा जानकारी गराएको छ ।

पत्रकार भेटघाटमा चलचित्रको बारेमा जापानबाट आएका जापानिज कलाकारहरुले पनि आफ्ना विचार राखेका थिए । बैशाख १२ गते गएको विनाशकारी भुकम्पको सेरोफेरोमा चलचित्र निर्माण भएको हो । क्रियशन नेपालको निर्माणमा बनेको ‘माई लभ’मा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी सिंह, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायतका कलाकारहरुको मूख्य भुमिका रहेको छ ।

चलचित्रमा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ । विशेष गरि काठमाडौं महानगरभित्र भुकम्पपछिको अस्तव्यस्ततालाई चलचित्रले चित्रण गर्न खोजेको छ । जापानिज भाषामा निर्माण भएको चलचित्रलाई नेपाली भाषामा डब गरिएको छ । नेपालमा प्रदर्शन हुँदा नेपाली र जापानमा प्रदर्शन हुँदा जापानिज भाषामा प्रदर्शन हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.