केकिको नौ डाँडा पारिलाइ दुइ दिनमा दुइ लाख


सेलिब्रेटी नेपाल काठमाडौँ

आगा लामाको स्वरमा टिका दाहालको शव्द र सङ्गीत रहेको नौ डाँडा पारी बोलको आधुनीक गीतले दुई दिनमै दुई लाख भन्दा बढी भ्यु बनाई सकेको छ। बिगत केही बर्षहरु देखी अस्ट्रेलीयामा बस्दै आएका रचानाकार एवम् सङ्गीतकार टिका दाहालको पछिल्लो प्रयास नौ डाँडा पारी बोलको गीतलाई धेरै सङ्गीत प्रेमीहरुले रुचाई दिएका छन् । नौ डाँडा पारीकी आफ्नो मायालुको सम्झनामा रचिएको यो गीतलाई अस्ट्रेलीयाको बिभीन्न रमणिय स्थानहरुमा छायाँकन गरिएको छ।

नायीका केकी अधिकारी र मेल्बर्न निवासी दिपक परियारले अभिनय गरेका यो गीतलाई मेल्बर्न निबासी जिवन रसाईलीले छायांकन,सम्पादन र निर्देशन गरेका हुन् । गीत र शव्द खेलाउनमा खप्पीस टिका दाहालले यो गीतलाई पुर्ण रुपमा न्याय दिएका छन्। गीत राम्रो बन्न शव्द, सङ्गीत र स्वरको अलावा आजकाल गीतको भाव झल्किने कथा भएको भिडीयो हुन जरुरी भएको छ। यसमा जिवन रसाईलीको निर्देशनमा केकी र दीपकको अभिनयले झन् उत्कृष्ठ बनाएको छ। गोल्डेन कङ्गार फिल्मले तयार पारेको नौ डाँडा पारीको भिडियो बुढासुब्बा डिजिटल मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.