जीवन रसाइलीद्वारा अस्ट्रेलियामा चलचित्र निर्माण गर्ने घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपालमा रहंदा मात्र होइन बिदेशमा बस्दा समेत कला क्षेत्रमा नै ब्यस्त बन्दै आएका निर्देशक जीवन रसाइलीले अब चलचित्र निर्माण गर्ने भएका छन् दर्जनौ म्युजिक भिडियो,लघु चलचित्र,बिज्ञापन तथा डकुमेन्ट्रीहरु निर्देशन छायांकन तथा सम्पादन समेत गरिसकेका रसाइलीले सन् २०१८ मा अस्ट्रेलियामा चलचित्र निर्माण गर्ने भएका हुन् । मेलबोर्न अस्ट्रेलिया लाई आफ्नो कर्म थलो बनाउदै आएका रसाइली २०१८ मा अस्ट्रेलियामा माया, हाँसो , रोदन समेटिएको कथालाई बस्तु लाइ लिएर नयाँ चलचित्र बनाउन लागेका हुन् । उनले २०० भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरि सकेका छन् ।

नेपाली कला, संस्कृति गीत, संगीत, र चलचित्र लाई माया गर्ने उनको चलचित्रमा अष्ट्रेलियन र नेपाली कलाकारहरुको अभिनय रहने छ । चलचित्रको छायांकन अस्ट्रेलिया को विभिन्न स्टेटहरु लगायत नेपाल को विभिन्न ठाउमा हुने निर्देशक रसाइलीले सेलिब्रेटी नेपाल लाइ जानकारी गराए।

Copyright © 2012 - 2026 | All Right Reserved.