अल्लारे मायामा रबिन र अन्जली फसे पछि हंगामा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

तीज सकिना साथ नयाँ भिडियो र गीत संगीत सार्बजनिक हुने क्रम बढेको छ । केहि हप्ता अघि तीजका गीत हरु मात्र सार्बजनिक हुने गर्दथे अब आएर दशैँ तिहारका गीत संगै अन्य प्रकारका गीत भिडियो हरु पनि सार्बजनिक भई रहेका छन्। यसै क्रममा अल्लारे माया बोलको लोक गीतको भिडियो सार्बजनिक भएको छ । उज्वल थापा र मनीषा खड्काको स्वर रहेको गीतमा उज्वल थापा कै लय तथा शब्द रहेको छ । अहिलेका ब्यस्त निर्देशक तथा मोडल रबिन शंकरको निर्देशन तथा अभिनय रहेको भिडियोमा रबिन संग अन्जली अधिकारीले रोमान्स गरेकी छिन । करन चैंसिरले छायांकन गरेको भिडियो लाई दीपक बिस्टले सम्पादन गरेका हुन् अहिलेको समयको माया लाई भिडियोमा देखाउन खोजिएको छ। निर्देशक रबिनका अनुसार भिडियोमा केटीले केटा लाइ प्रयोग गर्न खोजेको बिसयबस्तु लाइ समेटिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.