पावल चाम्लिङ राईको रिटिङ रिटिङमा एलिसाको हट नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

२०६० सालमा नेपाली संगीतमा प्रवेश गरेका गायक तथा संगीतकार पावल चाम्लिङ राईको पहिलो एल्बम आत्मा हो पावल चाम्लिङ राईले हाल सम्म दर्जनौ गीतमा स्वर तथा संगीत दिई सकेका छन् उनै पावलको एल्बम “सान्नानी” को रिटिङ रिटिङ नबजाऊ बिनायो बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । एलिशा राई र यशराजको अभिनय रहेको भिडियो उत्कृस्ट बनेको छ ।

भिडियो निर्देशन समन अधिकारीले गरेका हुन् भने , छायाङ्कन शिवराम श्रेष्ठ र सम्पादन निशान घिमिरेको रहेको छ भिडियोमा कोरियोग्राफी गम्भिर बिष्टकोले गरेका छन । उक्त गीतलाई ५७ बर्ष पहिले एल.पी. जोशी,मिरा राणा,तारा देवी,गंगा राना लगायत कलाकारले गाएका थिए भने अहिले पावल चाम्लिङ राई र मेलिना राईले गाएका छन । यस गीतको शब्द/संगीत एल.पी. जोशीको रहेको छ भने गायक स्वयमले यसको एरेन्ज गरेका छन ।

सार्बजनिक भएको तेस्रो दिन सम्ममा नै भिडियो लाइ १ लाख बहत्तर हजार भन्दा बढीले यु ट्युबमा हेरी सकेका छन् । यस्तै रेसियोमा जाने हो भने भिडियोले राम्रै दर्शकको साथ पाउने छ र गायक तथा संगीतकार पावल चाम्लिङ राईको सांगीतिक धरातल पनि अझै फराकिलो हुने देखिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.