नाकाबन्दीको कथामा बनेको साँढे सात यस्तो छ ट्रेलर


सेलिब्रेटी नेपाल काठमाडौँ

मङ्सिर १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘साढे सात’को ट्रेलर रिलिज गरिएको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो। मुख्य भूमिकामा अभिनय गरेका गायक सत्यराज आचार्य स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् उनका भाइ गायक तथा यस चलचित्रका निर्माता स्वरूपराज आचार्यले दाई लाइ सम्झेर भाबुक बने कार्यक्रममा बरिस्ट कलाकार सुनिल थापा,अन्नपूर्ण मिडियाका प्रबन्धक रामेश्वर थापा चलचित्रका निर्माता नरेशदेव पन्त, डिजे सन्तोष लगाएत थुप्रै संचारकर्मिको उपस्थिति रहेको थियो ।

साम्तेन भुटियाको पटकथा/सम्पादन र निर्देशन रहेको चलचित्रमा मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरसिया, सुप्रिया कटुवाल लगायतका कलाकारको अभिनय रहेको छ । सत्य-स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त रुपमा ‘साढे ७’ निर्माण गरेको हो । नाकाबन्दीको समयमा एक पत्रकारले देखेको नेपाली समाजलाई मुख्य विषयबस्तु बनाएको चलचित्र थ्रिलर जनाराको हो । चलचित्रमा सत्य-स्वरूपको संगीत रहेको छ । ‘साढे सात’लाइ स्वरूपराज आचार्य, सत्यराज आचार्य, सुनिल थापा, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया मिलेर निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.