खप्तडको भर्जिन लोकेसनमा खिचिएको रानीको गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

दयाराम दाहाल निर्देशित चलचित्र रानी’को गीत सार्बजनिक गरिएको छ केहि दिन अघि टिजर सार्वजनिक गरेको चलचित्रले आज राजधानीमा एक कार्यक्रमका बीच गीत सार्बजनिक गरेको भएको छ। सार्वजनिक भिडियोमा दुई डेब्यु कलाकार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई देखाइएको छ । सार्वजनिक गीतलाइ खप्तडका रमणीय दृश्य लाइ कैद गरिएको छ चलचित्रमा अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ । विजय घिमिरेको शब्द तथा संगीत रहेको गीतमा विजय घिमिरे र निखिता थापाको स्वर रहेको छ ।

भानु महर्जन प्रस्तुतकर्ता रहेको यस चलचित्रको कथा यम थापाले लेखेकाहुन् । चलचित्र लाइ पुरुषोत्तमप्रधान, सिसन बानिया र मान कृष्ण महर्जनले छायाँकन गरेका हुन् । चलचित्रमा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ । बिमलमानगुभाजुको निर्माण रहेको यो चलचित्र आउदो कार्तिक २ मा रिलिज हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.