दुइ सन्तानकी आमा धमला पत्नी नायिका डेब्यु गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय लब स्टोरी चलचित्र हरुले ब्यबसायिक सफलता पाई रहेका छन् यसै क्रममा निर्माता निर्देशक हरु पनि लब स्टोरी चलचित्र प्रति आकर्षित भइ रहेका छन् म्युजिकल लब स्टोरी भनिएको चलचित्र ‘अनुराग’ निर्माण घोषणा गरिएको छ । राजधानीमा बुधबार एक औपचारिक कार्यक्रम गरेर चलचित्र घोषणा गरिएको हो । रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहने यो चलचित्र सत्यराज चौलागाइँले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा मोडल दीपक घिमिरेले एलिजा संग स्क्रिन शेयर गर्दै छन् ।

एलिजा र दीपाको अलवा सरोज खनाल, रुपा राना, निर्मल शर्माको पनि अभिनय रहने चलचित्रमा रामकुमार केसीको छायांकन, तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाइ र अगत केसीको पटकथा तथा संवाद रहनेछ ।

प्रेम प्राप्त गर्नका लागि गरिएको संघर्ष, खुशी, प्रेममा विछोडको कथालाइ उठान गर्न लागेको चलचित्र एरिका फिल्मस्ले निर्माण गर्न लागेको हो । यो चलचित्रको छायांकन पोखरा, काठमाठौं र इलाममा हुनेछ भने करिब १ करोड बजेट यसमा लाग्ने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै ऋषि धमलाले भने ‘दुइ सन्तानकी आमा पहिलो पटक नेपाली चलचित्रकि नायिका बन्दै छिन अन्य नायिका हरु बिबाह पश्चात यो क्षेत्र बाट हराउने गर्दछन एलिजाको रहर लाई मैले पनि समर्थन गरें र उनि नायिका बन्दै छिन’।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.